वि.सं:
नेपाल संवत: ११४६ थिंलागा त्रयोदशी - २८
पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामाग्रीमा कुनै रोग लागेको छ, छैन भन्ने कुरा यकिन गर्न पशु, पशु जन्य पलार्थ वा पशु उत्पादन सामाग्रीलाई कुनै खास ठांउमा तोकिएको अवधिभर परीक्षणको लागि एकैसाथ वा छुट्टा छुट्टै रादिने। पशु क्वारेटाईन कार्यालयको उद्देश्य : १. देश भित्र वा देश बाहिरबाट सरूवा तथा संक्रामक रोगहरू एक ठाउबाट अर्को ठांउमा वाएक देशबाट अर्को देशमा प्रवेश नहोस । २. स्वास्थ्य पशु तथा पशु जन्य पदार्थ मात्र उपयोग गर्न प्रोत्साशित गर्ने । ३. कुनै संक्रामक रोगको प्रकोप भएमा सोको नियन्त्रण गर्ने । ४. संक्रामक रोगहरूको बारेमा जनचेतना जगाउने । ५. रोग नियन्त्रणमा पशु सेवा संग सम्बन्धित कार्यालयहरूलाई सहयोग गर्ने । ६. पशु, पशुजन्य पदार्थहरूको तथ्यांक अद्यावधिक राख्ने । ७. चोरी निकासी/पैठारी नियन्त्रण राखी राजस्वमा वृद्धि गर्ने । ८. समयानुसार नेपाल सरकारले प्रतिबन्ध लगाएको वस्तुहरू ओसार पसार बन्द गराई नयां रोग प्रवेश नियन्त्रण गर्ने ।